अस्ट्रेलियामा आज संघीय चुनाव, प्रधानमन्त्रीका लागि एन्थोनी अल्बानिजी र पिटर डटन भिड्दै

ब्ल्याक्सल्याण्ड निर्वाचन क्षेत्रअन्तर्गत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको क्षेत्र अबर्नस्थित एक मतदान केन्द्रमा मत हाल्न लामबद्ध मतदाता ।

अस्ट्रेलियाभर आज संघीय निर्वाचनका लागि मतदान हुँदैछ । प्रत्येक तीन/तीन वर्षको अन्तरालमा हुने यो चुनावले निर्वाचनले अस्ट्रेलियाको आगामी तीन वर्षका लागि प्रधानमन्त्रीको तय गर्नेछ ।

चुनावमा लेवर पार्टीका तर्फबाट प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रो कार्यकालका लागि मैदानमा उत्रनेछन् भने लिवरल र न्यासनल पार्टीको गठबन्धनको नेतृत्व लिवरल पार्टीका नेता पिटर डटनले गर्नेछन् ।

त्यसैगरी चुनावले अस्ट्रेलियाको ४८ औं संसदका लागि तल्लो र उपल्लो सदन गरी १ सय ९० जना सदस्यहरू निर्वाचित गर्नेछ । तीमध्ये तल्लो सदनका १ सय ५० र उपल्लो सदनका ७६ मध्ये ४० सदस्यहरू निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन नामावलीमा दर्ता भएका करिव १ करोड १८ लाख मतदाताले आफ्‌नो मत प्रयोग गर्न पाउनेछन् । अनिवार्य मतदान गर्नुपर्ने नियम रहेको अस्ट्रेलियामा आज देशभर करिब सात हजारको सङ्ख्यामा मतदान केन्द्रहरूको स्थापना गरिएको छ । त्यसैगरी निर्वाचन सम्पन्न गर्न करिब १ लाखको हाराहारीमा अस्थायी कर्मचारीहरू खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान आठ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने ती मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताको भिड देख्न सकिन्छ ।

मतदानको औपचारिक नतिजा आउन केही दिन लागे पनि कुन पार्टीले सरकारको नेतृत्व गर्नेछ भन्ने नतिजा आजै बेलुकासम्म थाहा पाइने समाचार संस्था एबिसीले जनाएको छ ।

प्रकाशित मितिः मे ३, २०२५, १०ः०३ ।

Comments

Related Post

फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा...

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन । एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको...

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव...