गोरखा समाज अस्ट्रेलियाले छैटौं साधारणसभामार्फत् नया कार्यसमिति गठन गर्दै योगेन्द्रराज जोशीलाई अध्यक्ष नियुक्त गरेको छ । गत शनिबार सिड्नीमा आयोजित साधारण सभाले मुलुकसँंग जोड्ने अभियानलाई थप मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।
मानव सेवा आश्रम, भूकम्पपीडितलाई राहत, रक्तदान लगायत आपसी सम्वन्ध सुदृढीकरणका लागि पदयात्रा, विद्यार्थीलाई सीपमूलक अभियान लगायतका कार्यक्रमहरू गर्दै आइरहेको छ । यी कार्यक्रमहरूलाई निरन्तरता दिदै गोरखा समाज अस्ट्रेलियाले आगामी दिनमा थप सामाजिक कार्यक्रमहरू अगाडि बढाउने नवनियुक्त अध्यक्ष योगेन्द्रराज जोशीले प्रतिबद्धता ब्यक्त गरे ।
साधारणसभामार्फत् समाजको उपाध्यक्षमा ईश्वर बाबु दाहाल, महासचिबमा राजु पोखरेल, सचिबमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रवक्तामा रीतु श्रेष्ठ तथा पब्लिक अफिसरमा सन्जिव अमगाईलाई निर्विरोध चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरूमा युवा संयोजकमा अन्जन श्रेष्ठ, महलिा संयोजकमा सुमित्रा मगराती तथा कार्यसमिति सदस्यहरूमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापालाई चयन गरेको निवार्चन समितिका संयोजक डिल्ली ढकालले जानकारी गराए ।
यस्तै कार्यक्रममा एनआरएनए आइसीसीका सचिव ज्ञानेन्द्र रेग्मी, नेपाली समुदायका अगुवा बिष्णु हमाल, मेघराज पौडेल नन्द गुरुङ, मुक्तिराम पोखरेल लगायतले गोरखा समाजको नयाँ नेतृत्वको सफलताको शुभकामना प्रदान गरेका थिए ।
साधारणसभामा बिगतको कार्यकालको सफलताका बारेमा बोल्दै निर्वतमान अध्यक्ष आनन्द श्रेष्ठले गोरखालीहरुलाई एकताको सुत्रमा बाध्ने र सामाजिक कार्यमा समाजले महत्वपूर्ण योगदान दिएको बताए ।

Comments