लागू औषध कारोबारमा पूर्व लिवरल नेतालाई सजाय

फोटो : डेभिड स्पियर्स । श्रोत/क्रेडिट : दक्षिण अस्ट्रेलिया सरकार ।

लागू औषध कारोबार गरेको पुष्टि भएपछि दक्षिण अस्ट्रेलिया राज्यका पूर्व लिवरल नेता डेभिड स्पियर्सलाई राज्यको एक अदालतले सजाय सुनाएको छ ।

अदालतले स्पियर्सलाई नौ सय डलर जरिवाना तोक्नुका साथै ३७.५ घण्टा सामुदायिक सेवा गर्नुपर्ने आदेश गत बिहीबार दिएको छ ।

स्पियर्सलाई प्रहरीले गत सेप्टेम्बर महिनामा उनले लागू औषध सेवन गरेको भिडियो सार्वजनिक भएपछि पक्रिएर अनुसन्धान शुरू गरेको थियो जसलाई उनले ‘डिपफेक’ भिडियो भनेर शुरूमा अस्वीकार गरेका थिए । यद्यपि त्यसलगत्तै उनले आफूले झुठो बोलेको बताएपछि पदबाट राजीनामा दिएका थिए ।

गत महिना उनले आफूले दुई जना व्यक्तिलाई लागू औषध दिएको स्वीकार गरेका थिए । यसअघि उनका वकिलले अदालतसमक्ष उनलाई विदेश भ्रमण गर्न रोक नलागोस् भनेर उनको अपराधलाई रेकर्ड नगर्न अनुरोध गरेका थिए । यद्यपि न्याधीशले यसलाई गम्भिर अपराधको संज्ञा गर्दै अस्वीकार गरेको समाचार संस्था एबिसीले जनाएको छ ।

डेभिड स्पियर्स सन् २०२२ मा दक्षिण अस्ट्रेलिया राज्यको लागि लिवरल पार्टीका नेता नियुक्त भएका थिए भने उनले १० वर्ष सांसदका रूपमा काम गरिसकेका थिए ।

Comments

Related Post

फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा...

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन । एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको...

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव...