रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन । फोटो क्रेडिट: Annett Klingner from Pixabay

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकनले आधिकारिक रूपमा घोषणा गरेको छ।

“आत्मीय दाजुभाइहरू, गहिरो दुःखका साथ मैले हाम्रो होली फादरको मृत्युको घोषण गर्नैपर्छ,” कार्डिनल केभिन फेरलले भेटिकनद्वारा प्रेषित वक्तव्य आफ्‌नो टेलिग्राम च्यानलमार्फत् प्रकाशित गर्दै भनेका थिए ।

इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति जनाएका पोप फ्रान्सिसले त्यहाँ भेला भएका हजारौं इसाई धर्मावलम्बीहरूलाई ह्वीलचेयरबाट दर्शन तथा आशीर्वाद दिएका थिए ।

इस्टर सम्बोधनले शान्ति, सहिष्णुता र मानवीय मर्यादाको लागि उनले निरन्तर वकालत गरेका थिए ।

“धर्मको स्वतन्त्रता, विचारको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र अरूको विचारको सम्मानविना शान्ति हुन सक्दैन,” उनले भावुक हुँदै भनेका थिए ।

पोप फ्रान्सिसलाई एक महिना अघि मात्र न्युमोनियाको उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनको बिग्रँदो स्वास्थ्यको बावजुद, उनले आफ्नो अन्तिम दिनसम्म अटल भावनाका साथ आफ्नो कर्तव्यहरू पूरा गर्न जारी राखेका थिए ।

Comments

Related Post

फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा...

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन । एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको...

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव...