अस्ट्रेलियामा मे ३ तारिखमा संघीय चुनाव हुने

अस्ट्रेलियामा मे ३ तारिखमा संघीय चुनाव हुने ।

अस्ट्रेलियामा आगामी मे ३ तारिखका दिन संघीय चुनाव हुने तय भएको छ । प्रत्येक तीन/तीन वर्षको अन्तरालमा हुने सो चुनावले अस्ट्रेलियाको ४८ औं संसदका लागि तल्लो र उपल्लो सदन गरी १ सय ९० जना सदस्यहरू निर्वाचित गर्नेछ । तीमध्ये तल्लो सदनका १ सय ५० र उपल्लो सदनका ७६ मध्ये ४० सदस्यहरू निर्वाचित हुनेछन् ।

चुनावमा लेवर पार्टीका तर्फबाट प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रो कार्यकालका लागि मैदानमा उत्रनेछन् भने लिवरल र न्यासनल पार्टीको गठबन्धनको नेतृत्व लिवरल पार्टीका नेता पिटर डटनले गर्नेछन् ।

यसअघि सन् २०२२ को निर्वाचनमा लेवर पार्टीले ७७ सिट प्राप्त गर्दै बहुमतको सरकार गठन गरेको थियो भने लिवरल तथा न्यासनल पार्टीको गठबन्धन ५८ सिटमा सीमित भएपछि सत्ताबाट हटेर विपक्षमा गएको थियो । त्यसैगरी बाँकी १६ सिट स्वतन्त्र तथा केही साना दलले प्राप्त गरेका थिए ।

Comments

Related Post

फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा...

अस्ट्रेलियामा हिजो भोट हाल्ने दिन । अर्थात्, आगामी तीन वर्षको लागि प्रधानमन्त्री छान्ने दिन । एकाबिहानै नजिकै रहेको सरकारी स्कुलको...

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी दोश्रोपटक प्रधानमन्त्री चुनिने निश्चित भएको छ । लेवर पार्टीका नेता तथा प्रधानमन्त्रीले बहुमतका साथ दोश्रोपटक चुनाव...