फोटो श्रोत तथा क्रेडिटः न्यू साउथ वेल्स पुलिस फोर्स । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यकी प्रहरी प्रमुख क्यारेन वेबले राजीनामा घोषणा गरेकी छन् । आगामी सेप्टेम्बर ३० तारिखदेखि लागू हुने गरी राजीनामा घोषणा गरेकी वेबले सन् २०२२ देखि प्रहरी प्रमुखको पदभार सम्हाल्दै आएकी छन् । त्यसबखत् उनी न्यू साउथ वेल्स राज्यको पहिलो महिला प्रहरी प्रमुखका रुपमा नियुक्त भएकी थिइन् । कमिसनर क्यारेन वेबले आगामी मे १८ तारिखका दिन आफूले ३८ वर्ष प्रहरी सेवा पूरा गरेको दिन राजीनामा घोषणा गर्ने मनस्थिति...